Logo

सुन आइतबारकै मूल्यमा कारोबार हुँदै, यस्तो छ मूल्य

सुन आइतबारकै मूल्यमा कारोबार हुँदै, यस्तो छ मूल्य


बिजखबर संवाददाता
243
Shares

काठमाडौं । आज सुनचाँदीको मूल्य यथावत रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन आइतबारकै मूल्य अर्थात तोलाको ९१ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि शुक्रबार सुन तोलाको ९१ हजार एक सय रुपैयाँ कायम भएको थियो । कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि हिजोजस्तै तोलाको नौ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको समयमा आज भने सुनको मुल्यमा यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL