Logo

राजनीतिक दलका शीर्ष नेतासंग रात्री भोजसहित छलफल गर्दै राष्ट्रपति, शीतल निवासले भन्यो-नियमित भेटघाट

राजनीतिक दलका शीर्ष नेतासंग रात्री भोजसहित छलफल गर्दै राष्ट्रपति, शीतल निवासले भन्यो-नियमित भेटघाट



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाकेकी छन् ।

laxmi

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि बोलाएको जानकारी दिए ।

उनका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ ।

‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंग राष्ट्रपतिको तीनचार महिना नै भेट भएको थिएन’, उनले भने, ‘सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँहरुलाई बोलाउनु भएको हो । उहाँको यो नियमित भेटघाट पनि हो ।’ शीतल निवास स्रोतले भने भेटघाट रात्री भोजसहित हुने र त्यसका लागि तयारी भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL