Logo

प्रधानमन्त्रीले दिए बेसारको मजाक उडाउनेलाई जवाफ, भने–आफ्ना भान्छामा केके प्रयोग हुन्छ, हेरेर मात्र बोलौं

प्रधानमन्त्रीले दिए बेसारको मजाक उडाउनेलाई जवाफ, भने–आफ्ना भान्छामा केके प्रयोग हुन्छ, हेरेर मात्र बोलौं



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा ‘राष्ट्रिय योग अभ्यासक्रम’ को बालुवाटारस्थित एक्सन रूमबाट आइतबार बिहान विमोचन गरेका छन् ।

laxmi

व्यायाम, प्रणायाम र ध्यानको संयोजन नै पूर्ण योग रहेकोमा जोड दिँदै प्रधानमन्त्री ओलीले हिमवत् खण्ड आयुर्वेद र योगको उद्गम र विकासस्थल रहेको बताए ।

रोगको उपचारभन्दा पहिले निरोगी नेपालको स्वास्थ्य नीति अवलम्बन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न सरकार क्रियाशील रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले नेपालीहरूका भान्छामा अनेक औषधीय तत्वको प्रयोग गर्ने क्रम हजारौं बर्षदेखिको उपयोग र अनुभवमा आधारित रहेको बताए ।

उनले बेसारको उपयोगिताको चर्चा गर्दा मजाक उडाउने, अदुवाको मजाक उडाउने र यस्ता अन्य औषधीय चिजहरूको मजाक उडाउनेहरूलाई लक्षित गर्दै भने, ‘आफ्नो भान्छामा के के चिज प्रयोग गरिएका हुन् रु ती किन प्रयोग गरिन्छ रु वास्तविकता बुझेर मात्र आलोचना गर्न वा मजाक उडाउन ध्यान दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL