Logo

विदेशबाट नेपाली आउने क्रम बढ्यो : कोरिया र कुवेतबाट ४३८ आए, २३३ नेपाली कोरिया गए

विदेशबाट नेपाली आउने क्रम बढ्यो : कोरिया र कुवेतबाट ४३८ आए, २३३ नेपाली कोरिया गए



काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा कोरिया र कुवेतमा रहेकामध्ये आज बिहान ४ सय ३८ जना नेपाली स्वदेश आएका छन्।

laxmi

कोरोना भाइरसको संक्रमणका कारण समस्यामा परेकामध्ये कोरियाबाट २ सय २८ जना नेपाली स्वदेश फर्किएका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

कोरियन एयरको चार्टर्ड विमानमार्फत उनीहरु आफ्नै खर्चमा स्वदेश फर्किएका हुन्। यस्तै, आजै त्यसै विमानबाट २ सय ३३ जना नेपाली कोरिया गएका छन्। कोरियाबाट बिदामा नेपाल आएका र फर्कनका लागि भिसा र श्रमस्वीकृति लिएका नेपालीहरू कोरिया गएका हुन्।

यस्तै, बिहान कुवेतबाट पनि १ सय ५५ जना नेपाली स्वदेश आएका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार फर्किनेमा सबै महिला रहेका छन्। बंगलादेशको ढाकाबाट १ सय ५५ जना नेपाली पनि आजै स्वदेश आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL