Logo

घरभाडामा बस्नेकाे पक्षमा सर्वाेच्च, लकडाउमा भाडा छुट पाउने कि नपाउने सरकारसँग माग्याे स्पष्टीकरण

घरभाडामा बस्नेकाे पक्षमा सर्वाेच्च, लकडाउमा भाडा छुट पाउने कि नपाउने सरकारसँग माग्याे स्पष्टीकरण



काठमाडौं । सर्वाेच्च अदाललतले सरकारसँग लकडाउन अवधिको घरभाडा छुट पाउने या नपाउने भन्नेबारे लिखित जवाफ मागेको छ । होटल व्यवसायी पुर्णबहादुर कार्कीले घरभाडा छुट पाउने की नपाउने भन्ने बारे सर्वाेच्चमा दायर गरेको रिटमा अदालतले सरकारसँग जवाफ मागेको हो ।

व्यवसायी कार्कीको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश हरिकृष्ण कार्कीले लकडाउनको अवधिको नोक्सानी व्यवसायी एक्लैले व्यहोर्ने वा घरधनी र सरकारले पनि साझेदारी गर्नुपर्ने भन्ने विषयमा सरकारसँग लिखित जवाफ माग गरेको हो ।

पछिल्लो ३ महिनादेखि होटललगायत अन्य क्षेत्रहरु व्यापारविहिन भएका छन् । कतिपय होटल व्यवसायहरु घर भाडामा लिएर संचालित भएकाले लकाउन अवधिको भाडा तिर्न नसकिने व्यवसायीको भनाई छ ।

आम्दानी नभएकाले घरभाडा तिर्न नसकेको भन्दै व्यवसाय कार्कीले महामारीको समयको नोक्सानीमा सरकार र घरधनीले पनि साझेदारी गर्नुपर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सरकारले चैत महिनाको घर भाडा छुट दिन घरधनीहरुलाई अनुरोध गर्ने निर्णय गरेको थियो । तर हालसम्म यसको कार्यान्वयन नभएपछि व्यवसायीहरु सर्वाेच्च पुगेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL