Logo

बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्छ : सासंद विडारी

बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्छ : सासंद विडारी



काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकको विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा बोल्दै सांसद विडारीले असारमा बजेट पारित भइसके पनि साउनबाट फटाफाट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताएका हुन् ।

साउनबाटै काम सुरु गरी बजेट खर्च गर्न मन्त्रीहरुलाई के ले छेक्यो भन्दै उनले प्रश्न समेत गरेका छन् । उनले भने–‘चाँडै विकास निर्माणका बजेट ठिक समयमा खर्च होस भनेर असारमा बजेट पास हुन्छ । साउनबाट फटाफाट काम गरे हुनेनी । अनि मन्त्रीलाई काम गर्न केले छेक्यो ? कुन प्रेत आयो त्याँ कुन भूत आयो त्यो ? किन चैत महिनामा मात्रै अख्तियारी आयो भनेर हल्ला गर्दै हिड्ने ? यसपाली त कोभिडले चैत खायो, बैशाख खायो, जेठ खायो, असार आयो । अब ख्वाम ख्वाम पैसा सिध्याउने काम गर्ने, कागज बनाउन थालियो । यहि सरकारले यहि पटकबाट यस्तो काम गरोस । यति पनि गर्न सकेन भने मन्त्रीहरुले सामूहिक राजनीनामा दिए हुन्छ । त्यती पनि गर्न नसक्ने । अरु थोक केही गर्नु परेन, बजेट छुटयएको छ । संसदले पास गरेको छ । अनि त्यसपछि चैत महिनामा अख्तियारी, फागुनमा अख्तियारी । किन तलब खाएर बसेको रु मन्त्रीले यो कुरा विचार गरुन ।’

विपक्षी दलहरुले समेत बजेट पुगेन भनेर भन्ने तर मन्त्रालयको खर्च १ सय रुपैयाँ राख्नुस भनेर भन्ने प्रवृतिले विकास हुन नसकेको सांसद विडारीको भनाइ छ । सांसद विडारीले भने–‘विपक्षी झन त्यस्तै । पैसा यहाँ नी बढाउन, त्यहाँ नी पुगेन भन्छ । अनि बजेट चाँहि १ सय रुपैयाँ मात्रै राखियोस यो मन्त्रालयमा भन्छ । १ सय रुपैयाँ भन्छ अनि यो नि बनाइदे त्यो नि बनाइदे बजेट पुगेन भन्छ । विपक्षी यस्तै सत्ता उस्तै । अनि देश कसरी विकास हुन्छ ?’

राष्ट्रिय सभाबाट जति सुझाव दिए पनि बजेटमा कुनै परिवर्तन नहुने प्रवृतिको विरोध गर्दै उनले बजेट संशोधन गर्दैमा सरकार तलमाथि नहुने बताए । बेलायत र अमेरिका लगायतका देशमा पनि बजेट संशोधन हुने गरेको उल्लेख गर्दै उनले सबैतिरबाट आएका सुझावहरुलाई आत्मसाथ गरी बजेट संशोधन गर्न सरकार डराउन नहुने बताए । उनले भने–‘यत्रो छलफल ग¥यो यति दिनको तलब भत्ता ग्वाम ग्वाम खायौँ । अनि बजेट चाँहि सरकारले जे ल्यायो त्यही एक रुपैयाँ नि परिवर्तन हुँदैन् । यस्तो पनि कहिँ हुन्छ रु यो छलफलको नाटक किन गरेको रु’

त्यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधि सभामा दैनिक खर्च धान्न गाह्रो भएको भन्दै दिएको अभिव्यक्तिको समेत सांसद विडारीले आलोचना गरेका छन् । उनले भने–‘म १५, १६ वर्षको थिए । १६ हजार ऋण छ नेपालीको टाउकोमा भनेर भाषण गर्थे । त्यो ऋण त अहिले पनि बाँकी नै छ रे, ३४ हजार पुग्यो रे । कस्तो सरकार चलाए छन् ? कस्तो ऋण तिरे छन् ? अब त ४० अर्ब खर्च रे १५ अर्ब आम्दानी रे । अनि तलब पनि विदेशीसँग मागेर खाने रे । अनि हामी परलम्बी हुँदैनौ भनेर धाक लगाउने ?’

सांसदहरु नीति निर्माण भन्दा पनि बजेटकै पछि कुद्ने गरेको उनको आरोप छ । देशका लागि बजेट र नीति निर्माण गर्नुपर्ने भए पनि आफ्नो क्षेत्रका लागि कहाँ बजेट पाइन्छ भनेर सुँघ्दै हिड्ने प्रवृतिले देशको विकास नभएको उनको भनाइ छ । सरकार ढल्ने डरले सांसदहरुलाई विभिन्न नाममा पैसा बाँडेको उनको आरोप छ । उनले भने–‘सांसदहरुले विरोध गरे सरकार ढाल्छ रे भनेर कहिले ६ करोड डाइरेक्ट, कहिले घुमाएर ४ करोड, अनि बाटोघाटो भनेर ८,१० करोड दिने काम मन्त्रीले गर्यो । यसबाट देश विकास हुँदैन् । त्यसैले बजेट मार्न र बजेट पार्न हुँदैन् ।’

पछिल्लो समय सडकमा कोरोना महामारी नियन्त्रणका लागि भएको खर्चको विवरण सार्वजनिक गर्न माग गर्दै भइरहेका प्रदर्शनलाई लक्षित गर्दै उनले मन्त्रालयलाई दैनिक खर्च वेवसाइटमा सार्वजनिक गर्न आग्रह समेत गरेका छन् । उनले भने–‘कोभिड—१९ मा कहाँ कति कसरी खर्च भयो भनेर सडकमा नारा लगाउनुपर्छ ? दिनदिनै को खर्च वेवसाइट छ क्यारे ढ्याक्क हाल्नु । दिनदिनैको खर्च र आम्दानी । यति खर्च भयो, यति आम्दानी भयो, यति डोनेशन प्राप्त भयो भनेर निकाल्दा हुँदैन् ? त्यो निकाल्न कसले छेक्यो हाम्रा मन्त्री ज्यूूलाई ? अनि सडकमा नारा लगाउन पर्ने विपक्षीले । के के न भने भनेर फुर्ति लगाउने । मैले त त्यो १० अर्बको पैसाको हिसाब मागे भनेर फुर्ति लगाउने त्यसो किन गरया ?’

प्रतिक्रिया दिनुहोस्
MBL