Logo

हवाई उडानमा प्रतिबन्ध लम्बियो, असार २१ गतेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय

हवाई उडानमा प्रतिबन्ध लम्बियो, असार २१ गतेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय



काठमाडौं। सरकारले हवाइ उडान असार २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले मन्त्रिपरिषदले जुलाई ५ अर्थात् असार २१ गतेसम्म उडानमा प्रतिबन्ध लम्ब्याएको जानकारी दिएका हुन् ।

laxmi

यसअघि असार १६ गतेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । सरकारले गत वर्ष चैत ११ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय नियमित उडान बन्द गरेको थियो ।

नियमित उडान बन्द भए पनि यात्रु उद्धार तथा कार्गो जहाजले भने विशेष अनुमति लिएर उडान गर्न पाउने जनाइएको । नेपालमा कोरोना संक्रमणको जोखिम कम हुनाको सट्टा थप बढिरहेकाले उडान मिति लम्ब्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL