Logo

सेनाले हेलिकोप्टरदेखि बिस्कुटसम्म खरिद गरेको इतिहास छ, चिकित्सा सामग्री खरिदमा आपत्ति किन ? : प्रम ओली

सेनाले हेलिकोप्टरदेखि बिस्कुटसम्म खरिद गरेको इतिहास छ, चिकित्सा सामग्री खरिदमा आपत्ति किन ? : प्रम ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाले हेलिकोप्टरदेखि बिस्कुटसम्म खरिद गरेको उदाहरण हिँदै अहिले चिकित्सा सामग्री खरिदमा आपत्ति प्रकट गर्नुनपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले सेना मर्यादित, अनुशासित र जिम्मेवार संस्था, राज्यकै अंग भएकाले परिचालित हुने सक्ने तर्क गरे । कोभिड–१९ विरुद्ध सेनामात्र नभई राज्यका सबै अंग परिचालित भएको प्रमले बताए ।

उनले सेना परिचालन गर्दा गृहमन्त्रालयको भूमिका नखुम्चिएको बताए । नियमितजसो भइपरी आउने विभिन्न विपत् नियन्त्रणका लागि बनेका स्थायी संरचनाले मात्रै कोरोना नियन्त्रण सम्भव नभएकाले राज्यका सबै अंग परिचालित गर्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL