Logo

आर्थिक क्षमता अनुसार राहत र पुनर्उत्थानको कार्यक्रम, कोरोना रोकथाममा भएको खर्च सार्वजनिक हुन्छ : अर्थमन्त्री खतिवडा

आर्थिक क्षमता अनुसार राहत र पुनर्उत्थानको कार्यक्रम, कोरोना रोकथाममा भएको खर्च सार्वजनिक हुन्छ : अर्थमन्त्री खतिवडा



काठमाणडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च सरकारले सार्वजनिक गर्ने बताएका छन् ।

laxmi

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत अर्थ मन्त्रालयसँग सम्बन्धित बजेटको विषयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थ मन्त्री खतिवडाले महामारीको बेलामा भएको खर्च व्यवस्थित र पारदर्शी मात्रै नभएर सबै जनतालाई सुसूचित गर्ने पनि भएकाले सार्वजनिक गरिने जानकारी दिए ।

सरकारको आर्थिक क्षमता अनुसार राहत र पुनर्उत्थानको कार्यक्रम ल्याएको पनि खतिवडाले बताए । सरकारको आर्थिक क्षमता र भारवहन गर्न सक्ने क्षमता अनुसार राहत र पुनर्उत्थानको कार्यक्रम ल्याइएको अर्थमन्त्रीले बताए ।

‘हामीले प्रयाप्त दिन सकेका छैनौँ होला, हाम्रो आर्थिक क्षमता कति हो ? राज्यको पनि भारवहन गर्न सक्ने क्षमता हुन्छन् । त्यो क्षमताले तन्कन सक्नेसम्म तन्केर राहत र पुनर्उत्थानको कुरा गरेको छ । तर यो ठूलो रकम हुन्छ । करिब–करिब अढाइ तीन खर्बको रकम विभिन्न सहुलियतपूर्ण ऋण अथवा पुनर्उत्थान कोष अथवा अरु प्रकारका ब्याज अनुदान, बीमामा सरकारको अनुदानलगायतको काममा खर्च हुने स्थिति छ । त्यसले गर्दा अहिलेको स्थितिमा हामीले अधिकतम प्रयास गरेर छुट्याएका छौँ, ’ डा खतिवडाले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL