Logo

संसदमा अर्थमन्त्रीको राजीनामा माग, विद्युतीय गाडीमा अर्बाैंको घोटाला भएको आरोप

संसदमा अर्थमन्त्रीको राजीनामा माग, विद्युतीय गाडीमा अर्बाैंको घोटाला भएको आरोप



काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले अर्थमन्त्र डा. युवराज भट्राईको राजीनामा माग गरेका छन् । विद्युतीय गाडीमा अर्बाैं घोटाला गरेको आरोप लगाउँदै उनले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।

रेल दुर्घटनामा भारतीय रेल मन्त्री लाल बहादुर शास्त्रीले राजीनामा दिएको, विदेशी बैंकमा डलर जम्मा गरेको आरोपमा अर्थमन्त्री रामशरण महतले राजीनामा दिएको भन्दै अर्थमन्त्री युवराज खतिवडाले पनि विद्युतीय गाडीमा घोटाला गरेको भन्दै राजीनामा दिनुपर्ने उनको माग थियो ।

यसको जवाफमा अर्थमन्त्री युवराज खतिवडाले कुनै मन्त्रीले बजेटमा प्रस्ताव गर्दैमा राजिनामा दिनु नपर्ने बताए । उनले विनियोजन विधेयकमा प्रस्ताव गर्दैमा राजिनामा दिनुपर्ने भए हालसम्म सबै मन्त्रिले राजिनामा दिनुपर्ने अवस्थाा आउने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL