Logo

आज अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

आज अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा



काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा शनिवार राति सार्वजनिक हुने भएको छ ।

laxmi

अमेरिकी दूतावासका अनुसार डीभी २०२१ को नतिजा आज राति ९: ४५ बजे सार्वजनिक हुने जनाइएको छ । शुक्रबार अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा भी २०२१ को नतिजा शनिवार सार्वजनिक हुने बारे जानकारी गराएको हो ।

नेपाली समय अनुसार शनिवार राति ९: ४५ बजे डाइभर्सिटी भिसा (डिभी) २०२१ को नतिजा प्रकाशन हुँदैछ।

नतिजा थाहा पाउन कृपया शनिवार जेठ २४ रातिको ९ : ४५ बजेपछि तपाईंले डिभी भर्दाको समयमा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov/  मा हेर्न सकिन्छ । यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिंदा तपाईंको नतिजा हेर्न मिल्छ।

प्रतिक्रिया दिनुहोस्
MBL