Logo

दुबईबाट आईपुगे १६८ जना नेपाली, सरकारले तयार पारेको ‘होल्डिङ सेन्टर’ मा राखिने

दुबईबाट आईपुगे १६८ जना नेपाली, सरकारले तयार पारेको ‘होल्डिङ सेन्टर’ मा राखिने



काठमाडौं । संयुक्त अरब इमिरेट्स (दुबई) बाट १६८ जना नेपाली भर्खरै विमानस्थल आईपुगेको छ । दुबई बाट आएका १६८ जनालाई सरकारले तयार गरेको ‘होल्डिङ सेन्टर’ मा राखिने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार उनीहरु ५ बजेर ४० मिनेटमा काठमाडौं अवतरण गरेका हुन । विमानस्थलका प्रमुख देबेन्द्र केसीले भने भर्खरै जहाज ल्याण्ड भएको र यात्रुहरु जहाज भित्रै रहेको बताए ।

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरुगरसँगै दुबईबाट १६८ जना नेपाली एयर अरेबियाबाट नेपाल आएका हुन । यस अघि शुत्रबार बिहान म्यानमारबाट २६ जना नेपाल स्वदेश फर्केका थिए ।

सरकारले कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो । सोही प्रक्रियाअन्तरगत दोस्रो चरणमा दुबईबाट ति नेपालीहरुलाई ल्याईएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को समन्वयमा प्रभावित भएका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन थालिएको हो । एयर अरेबियाले १६८ जना नेपाली लिएर आए पनि फर्कदा भने खालीनै फर्कने छन । यस अघि म्यानमारबाट आएको जहाजले नेपाली सहित ४३ जना लिएर गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL