Logo

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नजिक, उपचारपछि साढे ३१ लाख बढी मानिस घर फर्किए (अपडेट)

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नजिक, उपचारपछि साढे ३१ लाख बढी मानिस घर फर्किए (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ८७ हजार ९११ जनाको ज्यान गएको छ । त्यस्तै संक्रमितको संख्या ६५ लाख ६७ हजार २६० जना पुगेको छ भने उपचार पछि घर फर्कनेको संख्या भने ३१ लाख ६४ हजार ३४६ जना पुगेको छ ।

laxmi

सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म १९ लाख १ हजार ७८३ जना संक्रमित देखिएका छन भने उपचार पछि घर फर्कनेको संख्या ६ लाख ८८ हजार ६७० जना पुगेको छ । त्यस्तै कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या भने १ लाख ९ हजार १४२ जना पुगेको तथ्याङ्कमा उल्लेख छ ।

अमेरिका पछि बढी संक्रमित हुने देशहरुमा ब्राजिल, रसिया, स्पेन, बेलायत, इटालि, भारत, जर्मन, पेरु, टर्कि, इरान, फ्रान्स, चिली र मेक्सीको रहेका छन । जहाँ १ लाख भन्दा बढीको संख्यामा संक्रमितहरु रहेका छन । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या भने ४ हजार ६९८ जना र थप मृत्यु हुनेको संख्या भने ११ सय २५ जना रहेको छ ।

त्यस्तै १ लाख भन्दा कम र १० हजार भन्दा बढी ज्यान गुमाउने देशहरुमा ब्राजिल, स्पेन, बेलायत, इटालि, फ्रान्स र मेक्सीको रहेका छन भने १० हजार भन्दा कम र १ हजार भन्दा बढीको संख्यामा मृत्यु हुने देशहरुमा रसिया, भारत, जर्मन, पेरु, टर्कि, इरान, चिली, क्यानाडा, चीन, पाकिस्तान, बेल्जीयम, नेदरल्याण्ड, इक्वेडर, स्वीडेन, कोलोम्बीया, पोर्चुगल, स्वीजरल्याण्ड, इजिप्ट, इन्डोनेशिया, आयरल्याण्ड, पोल्याण्ड र रोमानिया रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL