Logo

कोरोना नियन्त्रण तथा रोकथामका लागि करीब १० अर्ब खर्च, यस्तो छ खर्च विबरण

कोरोना नियन्त्रण तथा रोकथामका लागि करीब १० अर्ब खर्च, यस्तो छ खर्च विबरण



काठमाडौं । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाको महामारी पछि हालसम्म उक्त रकम खर्च गरेको हो ।

सरकारले सो रकमबाट चीनबाट नेपाली विद्यार्थी स्वदेश ल्याउनेदेखि कोरोना नियन्त्रण तथा रोकथामका लागि सामग्री खरिद, क्वारेन्टाइन निर्माणलगायतमा खर्च गरेको हो । जसमध्ये केन्द्र तहबाट ६ अर्ब ३ करोड, प्रदेश तहबाट १ अर्ब ८ करोड र स्थानीय तहबाट अहिलेसम्म २ अर्व ७६ करोड रुपैयाँ खर्च भएको समितिका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिएका छन ।

कोषमा भएका रकम कोरोना नियन्त्रण तथा रोकथाम, क्वारेन्टाइन तथा राहतका लागि पनि प्रयोग गरिने र हालसम्म २ अर्ब ३२ करोड रुपैयाँ कोषमा जम्मा भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL