Logo

कोरोना जित्दै नेपाली, कोरोना संक्रमित ६ बर्षिया बालिकाको शल्यक्रिया पछि निको भएर घर फर्किन

कोरोना जित्दै नेपाली, कोरोना संक्रमित ६ बर्षिया बालिकाको शल्यक्रिया पछि निको भएर घर फर्किन



काठमाडौं । कोरोना संक्रमित ६ बर्षिया बालिका शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छिन । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर उनी बुधबार घर फर्केकी हुन ।

श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पिसिआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार गरिएको थियो ।

यही जेठ १२ र १७ गते दुई पटक पिसिआर गर्दा नेगेटिभ रिपोर्ट आए पछि गत सोमबार निजको शल्यक्रिया गरिएको र सफलतापूर्वक सम्पन्न भएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेम खडकाले जानकारी दिएका छन । शल्यक्रियापछि ती बालिकालाई श्वास फेर्न सहज भएको र कोरोनाबाट पनि मुक्त भई स्वास्थ्य लाभ भएकाले निजलाई आजै घर पठाइएको उनले बताए/रासस


प्रतिक्रिया दिनुहोस्
MBL