Logo

कोरोना संक्रमण : अब अक्सिजन चाहिने र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई मात्रै अस्पताल भर्ना गरिने

कोरोना संक्रमण : अब अक्सिजन चाहिने र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई मात्रै अस्पताल भर्ना गरिने



काठमाडौं । सरकारले अव अक्सिजन र भेन्टीलेटर आवश्यक भएकालाई मात्रै अस्पताल भर्ना गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका हुन ।

अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेशन (हेकाफ ३६०) ले बुधबार उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्य अवस्थाका बिरामीलाई उपचारका लागि आइसोलेसन कक्ष स्थापना गरी त्यहाँ राखिने बताएका हुन् ।

सङ्क्रमित भएकामध्ये ८० प्रतिशत बिरामी सामान्य अवस्थाका हुने भएकाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नका लागि अब नयाँ नीतिमा जाने बताएका हुन ।
उनले मुलुकमा १५ हजारसम्म सङ्क्रमित हुनसक्ने आँकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भेन्टिलेटरसहितको अस्पतालमा राख्न सकिने गरी प्रबन्धमा सरकार लागेको जानकारी दिदैं स्वास्थ्य सामग्रीको अभाव भएका बेला प्राप्त सहयोगलाई अतिआवश्यक ठाउँ हेरेर पारदर्शीरूपमा वितरण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL