Logo

४ महिने शिशुसहित कर्णालीका थप १६ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमित संख्या २७८ पुग्यो

४ महिने शिशुसहित कर्णालीका थप १६ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमित संख्या २७८ पुग्यो



काठमाडौं । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले दिएको पछिल्लो अपडेट अनुसार बुधबार थप पुष्टि भएको संख्या १६ रहेको छ । यससँगै प्रदेशमा कुल संक्रमित संख्या २ सय ७८ पुगेको छ ।

थपिएका मध्ये दैलेखका ७, सल्यानका २ जना र कालिकोटका ७ जना रहेका छन् । कालिकोटमा चार महिने शिशुमा समेत कोरोना देखिएको छ । उनीहरूको प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL