Logo

नेपालमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए, संक्रमितको संख्या २०९९ पुग्यो

नेपालमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए, संक्रमितको संख्या २०९९ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा २८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो नेपालमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित पुष्टि भएको संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार २७० पुरुष र १८ जना महिला कोरोना संक्रमण पुष्टि भएको छ । । आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा बढी हो । आज देखिएका सङ्क्रमितसँगै नेपालमा संक्रमितको संख्या २०९९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितहुनेहरु रौतहट, स्याङजा, सप्तरी, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, सल्यान, अछाम, बारा, प्युठान, कन्चनपुर, कैलाली, धनुषा, महोत्तरी, सर्लाही, सिराह, भक्तपुर, धादिङ, कपिलवस्तु, काठमाडौं, नवलपरासी पुर्व र पश्चिम, नुवाकोट र रुपन्देही जिल्लाको रहेका छन ।

काठमाडौंका भने मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै उपचार पछि निको हुनेको संख्या भने २६६ जना पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा निको भएर घर फर्कनेको संख्या ४५ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL