Logo

भारतद्वारा अतिक्रमित भुमि समावेशका लागि गरिने संविधान संसोधनको विपक्षमा राजपा

भारतद्वारा अतिक्रमित भुमि समावेशका लागि गरिने संविधान संसोधनको विपक्षमा राजपा



काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएको छ । तर मत भने विपक्षमा नहाल्ने तयारी राजपाले जानकारी दिएको छ ।
शनिबार सिंहदरबारमा बसेको राजपा संसदीय दलको बैठकले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मत नहाल्ने निर्णय गरेको हो ।

नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएको भन्दै संविधानलाई संशोधन गर्न प्रतिनिधि सभामा प्रस्ताव दर्ता भइसकेको छ ।

संविधान संशोधनमा आफूहरुका माग सम्बोधन नभएकाले संविधान संशोधनको पक्षमा आफूहरु सहमत नभएको राजपाका नेताहरुको भनाई छ । राजपासँग पार्टी एकता गरेको समाजवादी पार्टीले भने के गर्ने भन्ने टुंगो लागेको छैन ।

पार्टी विभाजन हुने अवस्था आएपछि दुवै पार्टीले एकाएक पार्टी एकता घोषणा गरेका थिए । तर कानुनी मान्यता भने अहिलेसम्म पाएको छैन । भोलि बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्तावमा छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL