Logo

नेपाल एयरलाइन्सको चार्टड उडानले चीनबाट ल्यायो नेपाली सेनाले खरिद गरेको २८ टन स्वास्थ्य सामग्री

नेपाल एयरलाइन्सको चार्टड उडानले चीनबाट ल्यायो नेपाली सेनाले खरिद गरेको २८ टन स्वास्थ्य सामग्री



काठमाडौं । नेपाल एयरलाइन्सको जहाज नेपाली सेनाले चीनसँग खरिद गरेको स्वास्थ्य सामग्री लिएर आज विहान काठमाडौं अवतरण गरेको छ। सामान लिन सो जहाज हिजो साँझ चीनको ग्वाङ्जाओ उडेको थियो।

चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामग्री लिएर जहाज बिहान काठमाडौं आइपुगेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। सैनिक प्रवक्ता पाण्डेका अनुसार जहाजबाट स्वास्थ्य सामग्री लिएर आउने यो अन्तिम उडान हो।

सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३ सय ४१ टन स्वास्थ्य सामग्री मध्ये ४७.५ टन जहाजबाट र अरु स्वास्थ्य समाग्री स्थल मार्गबाट ल्याउने योजना बनाएको थियो। यसघि जेठ ६ गते १८.८४ टन स्वास्थ्य सामग्री जहाजबाट आइसकेको छ। सैनिक प्रवक्ता पाण्डेले सडकबाट ल्याउने स्वास्थ्य सामग्री क्युविक मिटर अनुसार ल्याइने भएकाले २ हजार ६ सय ६२ क्युविक मिटर ल्याइने जानकारी बुधबार दिएका थिए।

चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले जिटुजी प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो। वैशाख पहिलो साता सेनाले ३ सय ४१ टन स्वास्थ्य सामग्री खरिदका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरेको थियो।

ती स्वास्थ्य सामग्रीका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) पठाइसकेको छ। चीनबाट सेनाले ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL