Logo

मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ६९४ पुग्यो

मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ६९४ पुग्यो



काठमाडौं । मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सुर्खेतका रहेको छ ।

laxmi

कर्णाली प्रदेशको रहेको छ । प्रदेश अस्पताल सुर्खेतस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार वीरेन्द्रनगर १ का १६ वर्षीय पुरुष, वीरेन्द्रनगर २ का ९, २०, ३२ र ६२ वर्षीय पुरुष तथा ३२ वर्षीय महिला, वीरेन्द्र नगर ३ का ४६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी वीरेन्द्रनगर ६ का २६ वर्षीय पुरुष, भेरीगंगा ८ का १६ र १७ वर्षीय पुरुष तथा सिम्ता ४ का ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कणाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL