Logo

राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन, कोरोना भाइरस रोक्न ल्याए ५ फर्मुला

राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन, कोरोना भाइरस रोक्न ल्याए ५ फर्मुला



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल विश्वभर फैलिएको कोभिड १९ बाट बच्नका लागि ५ नयाँ सुझाव दिएका छन् । उनले सोमबार राष्ट्रको नाममा संबोधन गर्दै प्रधानमन्त्री ओलीले कारोना भाईरसबाट बच्दै निरोगी नेपाल अभियानका लागि विभिन्न ५ उपाय अबलम्बन गर्न आग्रह गरेका हुन् ।

laxmi

उनले यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणका आफुलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाउन आग्रह गरेका छन् ।

यसैगरी लकडाउनको समयमा उपलब्ध फुर्सदको समयलाई स्वच्छ रहन र सोही अनुरुप उपयोग गर्न अनुरोध गरेका छन् । यसैगरी शारिरीक र स्वासप्रश्वास चुस्तताका लागि घरभित्रै व्यामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

यस्तै भाइरस फोहोरमा रमाउने भन्दै आफ्नो घर वरीपरिको सरसफाइमा ध्यान दिनु पर्ने बताएका छन् । साथै स्वास्थ्य रहनका लागि प्रयाप्त आराम गर्न समेत उनुरोध गरेका छन् ।

साथै प्रधानमन्त्री ओलीले भय, त्रास, चिन्ता र आशंकाले रोगव्याधी आदिको लडाईमा कमजोर बनाउने भन्दै उच्च मनोवल काय राख्न जनतालाई आग्रह गरेका छन् ।

हरेक चुनौतीको सामना गरेर मानव जाती अहिलेको स्थानमा आईपुगेको जानकारी दिँदै यस अघिपनि असाधारण प्रतिकुलताहरुको सामना गरेको बताए । चुनौतीको सामना गर्ने र लडेको ठाँउबाट धुलो टकछक्याउँदै अघि बढ्ने नेपालीको चरित्र रहेको भन्दै खानपान र आनी बानीमा सुधार गरेर कोरोनासँग लड्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL