Logo

काठमाडौंमा ३ सहित थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौंमा ३ सहित थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो



काठमाडौं । सोमबार थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै ७२ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ ।

नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् । मन्त्रालयका अनुसार सोमबार टोखा र बुढानिलकण्ठ नगरपालिकाका ३ जनामा कोरोना संक्रमण भटिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL