Logo

जेठ ४ गते निधन भएका चौधरीको रिर्पोट पोजेटिभ, कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो

जेठ ४ गते निधन भएका चौधरीको रिर्पोट पोजेटिभ, कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो



काठमाडौं । जेठ ४ गते निधन भएका बाराको कलैया–७ का चौधरी थरका व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको निधन भएको ९ दिन पछि संक्रमण पुष्टि भएको नेशनल मेडिकल कलेजले जानकारी दिएको छ ।

चौधरीको निधनसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । तथापी स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ । चौधरीलाई वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

अस्पतालले कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा भर्ना भए लगत्तै स्वाब संकलन गरेर नारायण उपक्षेत्रीय अस्पतालको प्रयोगशाला पठाएको थियो । तर त्यसको रिपोर्ट १० दिनपछि सोमबार आएको मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अनसारीले जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL