Logo

कोरोना भ्याक्सिन खरिदमा होडबाजी, ट्रायल पिरियडमै अमेरिकाले बुक गर्यो १.२ विलियन डलरको ३ करोड वटा खोप

कोरोना भ्याक्सिन खरिदमा होडबाजी, ट्रायल पिरियडमै अमेरिकाले बुक गर्यो १.२ विलियन डलरको ३ करोड वटा खोप



काठमाडौं । अमेरिकाले ट्रायल स्टेजमा रहेको कोरोना भाईरस विरुद्धको खोप आफ्नो देश लैजान ठुलो रकम खर्च गर्ने घोषणा गरेको छ । परिक्षण अवस्थामै रहेको उक्त भ्याक्सिन ३ सय मिलियन डोज अमेरिका लैजान करिव १ दशमलव २ विलियन डलर खर्च गर्ने बताएको हो ।

वेलायतको औषधि बनाउने कम्पनी अस्ट्राजेनेका र ईंगल्याण्डस्थित अक्सफोर्ड विश्वविद्यालयले परिक्षण गरिरहेको उक्त खोपका लागि अगाडी नै भुक्तानी गर्ने बताएको हो ।

कोरोना भाईरस विरुद्ध प्रभावकारी मानिएको उक्त खोप आगामी अक्टोबरसम्ममा डेलीभरी हुने प्रक्षेपण गरिएको छ । परिक्षणको पहिलो चरणमै रहेको उक्त खोप यदी बनेन भने त्यो प्रयास बेकार हुने बताईएको छ । तर यसले कोरोना विरुद्ध रोग प्रतिरोधी क्षमता विकास गर्ने भने निश्चित भएको उल्लेख गरिएको छ ।

गत अप्रिल २३ मा बाँदरमा परिक्षण गरिएको उक्त खोपले रेसस म्याकाकुई बाँदरमा २८ दिनमा कोरोनाको एन्टीबडी निर्माण गर्न मद्धत पुगेको थियो । तर कोरोना भने निर्मुल पारेको थिएन । छ्याडोक्स १ नाम राखिएको उक्त औाषधिले निमोनिया तथा फोक्सो सम्बन्धी रोगको काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL