Logo

काठमाडौं महानगरले वितरण गर्याे साढे ५ करोड बराबरको राहत, साढे २ लाख घरपरिवार लाभान्वित

काठमाडौं महानगरले वितरण गर्याे साढे ५ करोड बराबरको राहत, साढे २ लाख घरपरिवार लाभान्वित



काठमाडौं । काठमाडौं महानगरपालिकाले लकडाउन अवधिभर महानगरका साढे २ लाख घरधुरीलाई राहत वितरण गरेको छ । लककडाउन सुरु भएको केहीदिन अघिदेखि राहत वितरण गर्न थालेको महानगरपालिकाले हालसम्म उक्त घरधुरीमा वितरण गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार हालसम्म विभिन्न वडा कार्यलयमार्फत झण्डै ५ करोड ६५ लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको हो । उनका अनुसार वडास्तरबाट वितरण गरिएको राहतमा विभिन्न गरिव घरपरिवारदेखि दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरु पनि लाभान्वीत भएका छन् ।

हाल भने काठमाडौं महानगरपालिकाले प्रत्यक्ष राहत वितरया नगरी विभिन्न श्रममा लगाएर सोही अनुसार को प्रतिदिन राहत वितरण गर्ने गरेको छ । प्रवक्ता डंगोलका अनुसार हाल महानगरवासीलाई विभिन्न काममा लगाएर बेलुका पट्टी सोही अनुसारको रासन या नगद दिने गरिएको छ । तर असक्त वा श्रममा समावेश हुन नसक्ने घरपरिवारको लागि भने श्रम नगरिकनै राहत घरैसम्म पुर्याईदिने व्यवस्था गरिएको उनको भनाई छ ।

पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण नेपाल पनि पछिल्लो २ महिनादेखि लकडाउनमा छ । जसका कारण दैनिक ज्यालादारीमा जिविकोपार्जन गर्ने घरधुरीलाई अप्ठ्यारो परिस्थिती निम्तिएको छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै कामनपाले लकडाउन सुरु हुँदै गर्दा राहत वितरणलाई तिव्रता दिएको थियो । कामपाले काठमाडौंवासीको विभिन्न विवरण संकलन गरी वडास्तरबाटै राहत वितरणको काम अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL