Logo

सरकारले सार्वजनिक गर्यो लिम्पियाधुरा सहितको नयाँ नक्सा, सरकारी कार्यालयले पाठ्यपुस्तकमा राख्ने

सरकारले सार्वजनिक गर्यो लिम्पियाधुरा सहितको नयाँ नक्सा, सरकारी कार्यालयले पाठ्यपुस्तकमा राख्ने



काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । बुधबार भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले नेपालको नयाँ राजनीतिक प्रशासनिक नक्सा सार्वजनिक गरिकी हुन् । सोमबार सरकारले भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो।

सरकारका तर्फबाट जेठ दुई गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेकी थिइन्। नेपालको नयाँ नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले उक्त नक्सा अव नेपालको पाठ्यपुस्तक, सरकारी कागजात लगायत सबैमा प्रयोग गर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL