Logo

कालापानीको सीमा विवादबारे बोल्यो चीन, भन्यो–नेपाल र भारतले आपसी सहमतिमा सुल्झाउनु

कालापानीको सीमा विवादबारे बोल्यो चीन, भन्यो–नेपाल र भारतले आपसी सहमतिमा सुल्झाउनु



काठमाडौं । कालापानीको सीमा विवाद नेपाल र भारतको भएको चीनले बताएको छ । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने बाटो बनाएसँगै अहिले यसको चर्चा चारैतिर चलेको हो ।

laxmi

चर्चा फैलिएपछि चीनले नेपाल र भारत दुई देशले आपसी संवादबाट समस्या हल गर्ने आफूले विश्वास व्यक्त गरेको छ । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवर जाने बाटो बनाएपछि नेपालले त्यसको विरोध गर्दै सोमवार मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पास गरेको थियो ।

तर, यो सडक दुई देशबीच २०१५ मा भएको सहमतिअनुसार बनेको र चीनसम्म जोडिएकाले नेपालले उत्तरी छिमेकीसँग पनि कुराकानी गर्नुपर्ने माग उठ्न थालेको छ ।

नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले ‘कालापानीको मुद्दा नेपाल र भारतको भएको र चीनले दुई देशले आपसी संवादबाट समस्याहरुको समाधान गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL