Logo

सेलपे र भाटभटेनीबीच सम्झौता, अब भाटभटेनीका ग्राहकले सेलपेमार्फत रेमिट्यान्स प्राप्त गर्ने

सेलपे र भाटभटेनीबीच सम्झौता, अब भाटभटेनीका ग्राहकले सेलपेमार्फत रेमिट्यान्स प्राप्त गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले भाट्भटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवाहरु प्रबर्दन गर्नका लागि सहकार्य गरेको छ । नेपालभरिका आफ्ना प्रयोगकर्ताहरूलाई आन्तरिक रेमिट्यान्स सेवा प्रदान गर्न सहकार्य सम्झौतामा भाट्भटेनी मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजन कुमार अमात्य र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका गरेका हुन् ।

भाट्भटेनी मनी ट्रान्सफर (बीएमटी) नेपालको सबैभन्दा ठूलो र बहु प्रतिष्ठित सुपरमार्केट चेन भाट्भटेनी सुपरस्टोर ग्रुप द्वारा प्रवर्धित रेमिट्यान्स कम्पनी हो । उक्त सहकार्य अन्तर्गत, ग्राहकहरुले सेलपे मोबाईल वा वेब एप्लीकेशनबाट सजिलै (बीएमटी) का आन्तरिक रेमिट्यान्स सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

जसका लागि सेलपे एप्पमा रेमिट्यान्स बटनमा थिची आफुलाई चाहेको भाट्भटेनी मनी ट्रान्सफर (बीएमटी) रेमिट्यान्स सेवा चयन गरी आवश्यक विवरणहरू भरे पश्चात, ग्राहकले सजिलैसँग नेपालका विभिन्न भागहरूमा पैसा पठाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL