Logo

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय, उद्धार प्रक्रियाबारे थप गृहकार्य गर्दै सरकार

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय, उद्धार प्रक्रियाबारे थप गृहकार्य गर्दै सरकार



काठमाडौं । सरकारले विदेशी भुमिमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसका लागि सरकारले उपचार गर्न गएका, गर्भवती, नेपालमा आफन्तको निधन भएकाहरुलाई भने पहिलो प्राथमिकतामा राखेर स्वदेश फर्काउने निर्णय गरेको छ । साथै टिकट लिएर काम छोडेर बसेका तर उडान रद्द भएर आउन नपाएकालाई सरकारले दोस्रो प्राथमिकतामा राख्ने भएको हो । त्यस्तै काम गुमाए पनि कम्पनीले हेरिरहेका र चौथोमा नेपाल आउन चाहनेलाई प्राथमिकता तोकिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मन्त्रालय स्रोतका अनुसार अहिले सरकारले खाडी राष्ट्र र मलेसियाबाहेक बंगलादेशका विद्यार्थी, साइप्रसमा समस्या परेका विद्यार्थी तथा बिनाभिसा रहेकाहरूलाई फर्काउने तयारी छ। कुवेत र यूएईले तत्काल फर्काउने भनेर राखेका नेपालीलाई पनि ल्याउने तयारी सरकारले थालेको छ ।

नेपाल ल्याउने सबैलाई विदेशमै परीक्षण गरेर त्यहाँको रिपोर्ट लिएर मात्र ल्याइने स्रोतको भनाई छ । नेपाल आएपछि उनीहरू १४ दिन अनिवार्य क्वारेन्टाइनमा बसेर परीक्षणपछि मात्र घर जान पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
MBL