Logo

पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई सर्वोच्चको अन्तरिम आदेश



काठमाण्डौ । कोरोनाको संक्रमण नियन्त्रण गर्न तत्काल पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि अधिवक्ता कमलबहादुर खत्रीसहितले पीसीआर परीक्षण बढाउनु पर्ने भन्दै निवेदन पेश गरेको थियो ।

सोही निवेदनमाथि सुनुवाई गर्दै बिहीबार न्यायाधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा तत्काल बढाउन अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL