Logo

सवारी पास वितरणमा नयाँ ब्यबस्था, कुन व्यवसायले कहाँबाट लिने ?

सवारी पास वितरणमा नयाँ ब्यबस्था, कुन व्यवसायले कहाँबाट लिने ?



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरणको लागि नयाँ ब्यबस्था लागु गरेको छ । काठमाडौंले आज एक सूचना जारी गर्दै उद्योग व्यवसाय संचालनका लागि पास वितरणको नयाँ व्यवस्था गरेको हो ।

गतहप्ता बसेको मन्त्रिपरिषद्को बैंठकले लकडाउनको मोडालिटी परिमार्जन गर्दै विभिन्न प्रकारका ४४ ओट उद्योग व्यवसाय संचालनमा ल्याउने निर्णय गरेको थियो । सोही अनुरुप उद्योग व्यवसाय संचालनमा सहजता ल्याउने काठमाडौैं जिल्ला प्रशासनले सवारी पासको लागि नयाँ ब्यबस्था गरेको हो ।

सूचना अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नियामक निकाय नतोकिएका र भैपरी आउने अत्यावश्यक कार्यको लागि मात्र पास दिने छ । तर अन्यले भने समबन्धि नियामक निकाय वा सम्बन्धित मन्त्रालयका सचिवले पास दिने छन् ।

यस अघि जारि गरिएको पहेलो रङ्गको सिरियल नम्बर भएको ७ दिने पास लकडाउन अवधिभरलाई मान्य हुने छ । यसैगरी सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, बीमा र सहकारी कार्यालयका कर्मचारीले संस्थाको परिचयमार्फत आवतजावत गर्न सक्ने छन् ।

खाद्य वस्तु ढुवानी गर्ने सवारी, स्वास्थ्य सामाग्री ढुवानी गर्ने सवारी, निर्माण सामग्री ढुवानी गर्ने सवारी, औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु ढुवानी गर्ने सवारी, कृषि तथा पशुजन्य उत्पादनसँग समबन्धित सबै प्रकारका सामग्री ढुवानी गर्ने सवारी लाई पास आवश्यक पर्ने छैन । यसैगरी एम्बुलेन्स, खानेपानी, शव बाहन, र ग्यास ढुवानीलाई पास आवश्यक पर्ने छैन ।

कुन पास कहाँबाट लिने ? विस्तृतमा

प्रतिक्रिया दिनुहोस्
MBL