Logo

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अनिश्चित कालका लागि स्थगित

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अनिश्चित कालका लागि स्थगित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचत अनिश्चित कालका लागि सरेको छ ।

नियमित प्रक्रिया अनुरुप २०७५ चैत २८ र २९ गते हुनुपर्ने महासंघको ५४ औं बार्षिक साधारणसभा तथा निर्वाचत जेठ ७ गतेका लागि सारिएको थियो । तर सो समयमा पनि नहुने निश्चित भएपछि अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले जानकारी दिए ।

‘देशमा कोरोना संक्रमणको अन्त्य कहिले थाहा हुन्छ थाहा छैन त्यसैले तत्कालका लागि कहिले गर्ने भनेर मिति तोकेका छैनौं,’ उनले भने, ‘आजको पदाधिकारी समितिको बैंठकले सरकारले सभा सम्मेलन गर्न खुला गर्ने घोषणा गरेको १ महिना भित्र गर्ने गरी मिति तोक्ने सहमति भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL