Logo

नेकपा सचिवालय बैठक : ओलीलाई आजै प्रधानमन्त्रीबाट राजीनामाका लागि दबाब दिदै प्रचण्ड–माधव, के गर्लान ओली ?

नेकपा सचिवालय बैठक : ओलीलाई आजै प्रधानमन्त्रीबाट राजीनामाका लागि दबाब दिदै प्रचण्ड–माधव, के गर्लान ओली ?



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज ४ बजे बस्दैछ । पार्टीभित्र देखिएको विवादमा सहमति खोज्नका लागि सचिवालय बैठक बोलाइएको हो ।

गत बुधबारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग राखेका थिए । तर प्रधानमन्त्री केपी ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।

सचिवालयमा दुई फरक–फरक प्रस्तावसँगै बुधबार स्थगित भएको बैठक आज बस्न लागेको हो । दाहाल–नेपाल समूहले आजको बैठकमा प्रधानमन्त्री ओलीमाथि दबाब दिन आजै राजीनामाको मिति ोक्न गर्न दवाव बढाउने तयारी गरेको प्रचण्ड निकट एक नेताले जानकारी दिए ।

सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पार्टीका शीर्ष नेतासँग छलफल गरेका छन् । त्यसैगरी दाहाल नेपालले पनि विभिन्न नेतासँग परामर्श गरेका छन् । नेकपाभित्र दुवै समूहले संसदीय दलका बहुमत पु¥याउन हस्ताक्षर अभियान समेत चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL