Logo

चीनबाट मंगलबार ३६ टन स्वास्थ्य सामग्री ल्याउँदै सेना, सोमबार निगमको जहाज जाने तयारी

चीनबाट मंगलबार ३६ टन स्वास्थ्य सामग्री ल्याउँदै सेना, सोमबार निगमको जहाज जाने तयारी



काठमाडौं । नेपाली सेनाले मंगलबार चीनबाट ३६ टन स्वास्थ्य सामग्री ल्याउने भएको छ । उक्त स्वास्थ्य सामग्री मंगलबार ल्याउने गरि नेपाल वायुसेवा निगमको जहाज सोमबार पठाउने तयारी भएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन ।

एक हप्ता अगाडी गरेको सम्झौता अनुसार चीनले गोन्जाओमा सबै स्वास्थ्य सामग्री उपलब्ध गराउने छ । सम्झौता अनुसार चीनले स्वास्थ्य सामग्री तयार गरेको भए पनि सोमबारसम्म त्यहाँ निरन्तर बिदा भएकाले सामग्री ढुवानीमा केही दिन ढिला हुनेछ ।

सेनाले पहिलो चरणमा पीपीई, एन ९५ मास्क, पीसीआर टेस्टका लागि आवश्यक सामग्री ल्याउने भएको छ । तत्काल आवश्यक नपर्ने स्वास्थ्य सामग्री सडक मार्गबाट ढुवानी गर्न सकिने छ । सेनाले भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरको ५३ प्रकारका औषधि ल्याउनेछन ।

चीनबाट सेनाले ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भए पनि ततकाल दुई वटा जहाजमार्फत सामग्री ढुवानी गर्न लागेको हो । अवस्था सामान्य रही रहे बाँकी स्वास्थ्य सामग्री स्थलमार्गबाट ल्याउने छ । चीनबाट २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री ल्याउन लागिएको हो । १० दिन पहिले नै सेनाले राष्ट्र बैंकमार्फत उक्त रकम भुक्तानी गरेको छ ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL