Logo

लकडाउनपछि पहिलो लगानी गर्ने क्षेत्र भनेकै सेयर बजार, त्यसैले बजार सकारात्मक गतिमा अघि बढ्छ : अध्यक्ष ढुंगाना

लकडाउनपछि पहिलो लगानी गर्ने क्षेत्र भनेकै सेयर बजार, त्यसैले बजार सकारात्मक गतिमा अघि बढ्छ : अध्यक्ष ढुंगाना



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंंगानाले लकडाउन खुलेसँगै पहिलो लगानी गर्ने क्षेत्र भनेकै सेयर बजार भएको बताएका छन् । अध्यक्ष ढुंगानाले यसकारण पनि सेयर बजारमा सकारात्मक प्रभाव पर्ने बताए ।

ढुंगानाले मंगलबार आर्थिक पत्रकारहरुसँग कुरा गर्दै अहिलेको अनलाइन प्रणाली ‘फुल्लि इन्टिग्रेसन’ नभएकाले अहिले नै बजार खुला गर्ने अवस्था नरहेको हो । उनले भने, ‘आगामी वैशाख २५ गतेपछि भने लक डाउन केही खुकुलो भएमा बजार खुलाउन सकिन्छ ।

लकडाउन खुकुलो नभएसम्म सेयर बजार खुल्ने अवस्था नरहेको बताउँदै ढुंगानाले नियामक निकायले पनि सोही अनुसार तयारी गरेको बताए । उनले सेयर र बैंकिङ कारोबारलाई पूर्णरुपमा अनलाइन प्रणालीबाट सञ्चालन गर्न सक्ने गरी तयार पार्ने काम भइरहेको पनि बताए । यसका लागि धितोपत्र बोर्डको नेतृत्वमा एक समिति गठन भएको समेत जानकारी दिए ।

आगामी दिनमा सेयर बजार सकारात्मक गतिमा अघि बढ्ने अपेक्षा गरेको समेत उनले बताए । ‘बजार सकारात्मक गतिमा अघि बढ्ने आधारहरु छन् । १६ सय बिन्दु माथि पुगेको नेप्से सूचक अहिले १२ सय ५१ अंक हाराहारीमा रहेको छ । यसर्थ पनि बजार बढ्नुपर्छ,’ ढुंगानाले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL