Logo

कोरोनामा राजनीतिक आडमा कालोबजारी गर्ने भाटभटेनीलाई सरकारले गर्यो दण्ड, तिरायो ३ लाख जरिवाना

कोरोनामा राजनीतिक आडमा कालोबजारी गर्ने भाटभटेनीलाई सरकारले गर्यो दण्ड, तिरायो ३ लाख जरिवाना



काठमाडौं वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी स्टोर टङ्गाललगायतलाई जरिबाना तिराएको छ । बिभागले बढी मूल्य लिएर सामान बेचेको तथा मूल्य सुचीसमेत नराखेको आधारमा भाटभटेनी टङ्गाल, अमरावती खाद्य भण्डार कपन र एमवीटी खाद्य सप्लायर्स कपनलाई जरिवाना तिराएको हो ।

उक्त स्टोरहरुमार्फत ६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको बिभागले जानकारी दिएको छ । बिभागको अनुसार भाटभटेनीले १ सय २० रुपैयाँ पर्ने लाखमरीलाई २ सय २० रुपैयाँमा बेचेको भेटिए पछि ३ लाख रुपैयाँ जरिवाना लिएको थियो । अमरावती खाद्य भण्डार कपनलाई २ लाख, एमवीटी खाद्य सप्लायर्स कपनलाई १ लाख र जीएन स्टोर कपनलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL