Logo

सबै कर्मचारीलाई पुरै तलब दिन सरकारको निर्देशन, लकडाउन अबधिलाई सार्वजनिक विदामा मिलान

सबै कर्मचारीलाई पुरै तलब दिन सरकारको निर्देशन, लकडाउन अबधिलाई सार्वजनिक विदामा मिलान



काठमाडौं । सरकारले कर्मचारीलाई लकडाउन अबधिभरको पुरै तलब दिन सम्बद्ध निकायलाइ निर्देशन दिएको छ ।

विशेषगरी लकडाउन जारी गरेपश्चात सरकार मातहतका सरकारी कार्यालय, निकाय र उद्योगमा कार्यरत कर्मचारी तथा श्रमिकको खाईपाई आएको तलब भत्ता उपलब्ध गराउन सरकारले राजपत्रमै सूचना प्रकाशित गरेको छ ।

लकडाउन जारी गरेपश्चात कर्मचारीहरु घरमै बसेपनि उक्त समयाबधिलाई सम्बन्धित कार्यालयका प्रमुखले सार्वजनिक विदामा कायम गर्नेगरी मिलान गरी तलब उपलब्ध गराउन राजपत्रमा सूचना प्रकाशित गरिएको गृह सचिव महेश्वर न्यौपालने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्
MBL