Logo

मूल्यवृद्धि ७ प्रतिशत नजिक, व्यापारघाटा ४ प्रतिशतले घट्यो

मूल्यवृद्धि ७ प्रतिशत नजिक, व्यापारघाटा ४ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनामा मुल्यवृद्धि बढेर ६ दशमलव ७० प्रतिशतमा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा ४ दशमलव २० प्रतिशत रहेको मुल्यवृद्धिदर चालु आवमा भने बढेको हो । पछिल्लो ८ महिनामा पेय पदार्थ तथा खाद्य बस्तुहरुको मूल्यवृद्धि ९ दशमलव ३२ प्रतित पुग्दा गैरखाद्य समुहको मूल्यवृद्धि भने ४ दशमलव ६९ प्रतिशत पुगेको हो ।

नेपाल राष्ट्र बैकले सोमबार सार्वजनिक गरेको चालु आवको ८ महिनाको तथ्याङ्कमा मूल्यवृद्धि सबैभन्दा धेरै काठमाडौंमा बढेको उल्लेख छ । तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा चालु आवको ८ महिनामा ७ दशमलव ६१ प्रतिशतको मूल्यवृद्धि भएको छ भने तराई, पहाड र हिमालमा क्रमशः ६, ५ र ५ प्रतिशतको वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो ८ महिनामा व्यापारघाटा पनि घटेर ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । गत बर्ष २४ प्रतिशतले वृद्धि भएको व्यापारघाटा यो आवको ८ महिनामा ४ दशमलव ३ प्रतिशतले घटेको हो ।

पछिल्लो ८ महिनामा नेपालले ७४ अर्ब ९१ करोड रुपैयाँ बराबरको निर्यात व्यापार गरेको छ जुन गत आवको तुलनामा २२ दशमलव ३ प्रतिशतले बढी हो । यस्तै यो अवधिमा गत आवको तुलनामा वस्तु आयात भने ४ दशमलव ३ प्रतिशतले गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL