Logo

अग्रवालको कालोबजारी पछि सरकारको कडा निर्णय, खोसियो वाणिज्यदूतको निलोप्लेट र झण्डा हल्लाउने सुविधा

अग्रवालको कालोबजारी पछि सरकारको कडा निर्णय, खोसियो वाणिज्यदूतको निलोप्लेट र झण्डा हल्लाउने सुविधा



काठमाडौं । सरकारले अवैतानि वाणिज्यदूतलाई प्रदान गर्दै आएको सेवा सुविधा खोसेको छ ।

laxmi

मंगलबार कीर्गिस्थानका अवैतानिक वाणिज्यदूत सुलभ अग्रवाल कालाबजारी गरेको आरोपमा पक्राउ परेपछि परराष्ट्र मन्त्रालयले अवैताकि वाणिज्यदूतहरुलाई दिँदै आएको सेवा सुविधा तथा सम्पूर्ण अधिकार खोसेको हो ।

शंकर ग्रूपका प्रबन्ध निर्देशक अग्रवालले पदको दुरुपयोग गर्दै कालाबजारीमा संलग्न भएको पाईएपछि सरकारले तत्कालका लागि सवै अवैतानिक वाणिज्यदूतहरुले पाउँदै आएको सेवा सुविधा हटाएको हो ।

परराष्ट्र मन्त्रालयले आज निर्णय गर्दै अवैतानिक वाणिज्यदूत भएवापत पाउँदै आएकोे सवारीमा नीलो नम्बर प्लेट र झण्डा हल्लाउने सुविधा खोसेको हो ।

नेपालका लागि कीर्गिस्तानका अवैतनिक वाणिज्यदूत सुलभ अग्रवाल थर्मल गनको कालोबजारीमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेपछि परराष्ट्र मन्त्रालयले तत्काल लागू हुनेगरी उक्त व्यवस्था गरेको हो ।

कालाबजारीमा पक्राउ परेका अग्रवाललाई प्रहरीले पक्राउ गरी हिरासमा राखिएको छ । हिजो पक्राउ गरेको अग्रवालाई अदालतबाट आज (बुधबार) थप दिनको म्याद थप गरी अनुसन्धानका लागि हिरासतमै राखिएको छ ।

अग्रवालले अस्वस्थ्य भएको बहानामा अस्पताल भर्ना हुन खोजेपनि डाक्टरले स्वास्थ्यमा कुनै पनि समस्या नआएको जानकारी दिएपछि उनलाई प्रहरीले हिरासतमै राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL