Logo

कोरोना नियन्त्रणका लागि विश्वबैंकको आपतकालिन सहयोग, नेपाललाई दियो २ करोड ९० लाख डलर

कोरोना नियन्त्रणका लागि विश्वबैंकको आपतकालिन सहयोग, नेपाललाई दियो २ करोड ९० लाख डलर



काठमाडौं । नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विश्व बैंकले २ करोड ९० लाख डलर सहयोग गरेको छ । मंगलबार अर्थमन्त्रालयमा अर्थसचिव शिसिर ढुंगाना र विश्व बैंक नेपालका कन्ट्री म्यानेजर फरिस हदाद जर्भसले हस्ताक्षरसहित रकम नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

laxmi

विश्व बैंकले विश्वभर कोरोना रोकथामका लागि १४ अर्ब डलरको आपतकालिन कोष निर्माण गरेको थियो । सोही अनुसार विश्व बैंकले नेपालमा पनि आपत्कालिन रुपमा २९ मिलियन डलर सहयोग गरेको हो ।

मंगलबार अर्थमन्त्रालयमा भएको उक्त सम्झौता अनुसार विश्व बैंकले उपलब्ध गराएको उक्त रकम नेपालमा कोरोनाको महामारीको रोकथामका लागि आपतकालिन सहयोग पुग्नेछ ।

मंगलबार अर्थमन्त्रालयमा भएको सम्झौतामा बोल्दै अर्थसचिव शिसीर ढुंगानाले विश्व बैंकले उपलब्ध गराएको उक्त रकमले नेपाललाई कोरोना संक्रमणबाट बच्न सहयोग पुग्नेछ । उनले उक्त रकमबाट व्यक्तिगत सुरक्षा उपकरा पीपीई र मेडिकल उपकरण खरिदमा पनि सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL