Logo

एनआरएनएले सरकारलाई डेढ करोड रुपैयाँ सहयोग दिने, बिदेशमा रहेका नेपालीलाई पनि सहयोग गर्ने

एनआरएनएले सरकारलाई डेढ करोड रुपैयाँ सहयोग दिने, बिदेशमा रहेका नेपालीलाई पनि सहयोग गर्ने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड–१९ विरुद्ध लड्न सरकारलाई १ करोड ६२ लाख रुपैयाँ सहयोग दिने भएको छ । संघको आईतबार बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । साथै बाँकी रकम भने विदेशमा रहेका नेपालीको समस्या समाधानका लागि सहयोग गर्ने भएको छ ।

laxmi

बैठकले विदेशमा रहेका कोरोना भाइरस संक्रमितका लागि आवश्यक सहयोग गर्न आफ्ना गतिविधिलाई तीब्रता दिने निर्णयसमेत गरेको संघले जानकारी दिएको छ । बैठकले कोरानो पीडितका लागि आर्थिक सहयोग गर्न अनलाइन प्रणालीमार्फत् फोन, ट्याब्लेट, कम्प्युटर इत्यादिबाट डेभिड या क्रेडिटकार्ड प्रयोग गर्नसमेत आग्रह गरेको छ । संघको बैठकले कोरोना प्रभावित नेपालीका बारेमा जानकारी संकलन गर्न क्षेत्रीय संयोजकहरुलाई निर्देशनसमेत दिएको छ ।

कोरोना भाइरसबिरुद्ध अभियान चलाउन संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरिय समितिमा विदेशस्थित राजदूतावासका प्रतिनिधि, सम्पूर्ण संघसंस्था रहेको एक उद्दार समिति गठनको लागि नेपाल सरकार समक्ष आग्रह गर्ने बैठकले निर्णय गरेको छ । उच्चस्तरीय समितिको लागि आवश्यक समिति तथा उपसमिति गठन गर्न बैठकले अध्यक्ष पन्तलाई पूर्ण अधिकार प्रदान गरेको छ ।

यस्तै संघको कृषि समितिको संयोजकमा नारायण घिमिरे संयोजक (क्यानाडा) र उपसंयोजक कपिल थापा (जापान) लाई चयन गरेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिएका छन । डा. शर्माका अनुसार संघको केन्द्रिय विधान संशोधन सुझाव समिति संयोजकमा भूषण घिमिरे चयन भएका छन् । यस्तै संघको विधान व्याख्या समितिमा द्रोण रसाली (क्यानाडा) मनोनित भएका छन् भने सोही समितिको सदस्यमा शिव रिजाल र भूषण घिमिरे चयन भएका छन ।

बैठकले विदेशस्थित दोस्रो पुस्ताका नेपालीबीच सञ्जाल निर्माण गर्न डा. मुरारी अधिकारी संयोजक रहेको एक समिति र खगेन्द्र जिसी संयोजक रहेको ग्वोबल नेपाली डायपोर इन्ट्रिगेसन समिति गठन गरेको छ । बैठकले कोरोना भाइरस संक्रमण पीडितको लागि आर्थिक संकलन तथा वितरण सम्बन्धमा नीति निर्माण गर्न कोषाध्यक्ष महेश श्रेष्ठलाई जिम्मा दिने निर्णय गरेको प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिएका छन ।

उक्त बैठकले बिभिन्न ८ ओटा निर्णयसमेत गरेको प्रवक्ता डिडी क्षेत्रीले जानकारी दिएका छन ।

बैठकका निर्णयहरु

१. कोभिड १९ राहत कोषमा जम्मा भएको र उठ्दै गरेको रकमबाट १ करोड ६२ लाख नेपाली रुपैयाँ बराबरको कोभिड १९ संबन्धि उपचार र रोकथामका लागि आवश्यक सामानहरु खरिद गरि नेपाल सरकारलाइ हस्तान्तरण गर्ने

२. त्यो भन्दा उपरान्तको संकलन र सहयोग रकम भने विदेशमा नै बस्ने नेपालीहरुको सहयोगको लागि राहत स्वरुप खर्च गरिने

३. संघको अनलाइन एप्सबाट सानो भन्दा सानो देखि ठूलो सम्म रकम आफ्नो ठाउँबाट नै दिन सकिन्छ । आफ्नै फोन, ट्याब्लेट, कम्प्युटर इत्यादिबाट डेभिड या क्रेडिटकार्ड प्रयोग गरि सहयोग दिन सकिने ब्यबस्था छ । दिएको रकम आफैंले र अरुले समेत साइटमा गएर हेर्न सकिनेछ । यति मात्र होइन, यसलाई अझै पारदर्शी बनाउन कोषाध्यक्ष महेश श्रेष्ठको नेत्रित्वमा अझै थुप्रै बिधि र प्रक्रियाहरु गरिंदै जाने

४. संघका सबै क्षेत्रमा कोभिड १९ को लागि समितिहरु बनाएर, नेपालीहरुलाई सहयोग गर्न, भएका गतिबिधि र घटना समेत अपडेट गर्न क्षेत्रीय संयोजक (आरसी) हरुलाई निर्देशन जारि भएको र अझै स्मरण गराउने निर्णय भएको छ ।

५. नेपाल सरकारका विदेशस्थित रहेका मिशन, राजदूतावासका प्रतिनिधि रहने, सम्पूर्ण संघसंस्था र प्रतिष्ठित र संबन्धित व्यक्तिहरुको समेत प्रतिनिधित्व हुने गरि समिति बनाउने र सोहि समितिले सहयोग, सपोर्ट र उद्धारको लागि काम गर्न नेपाल सरकारसँग प्रस्ताव गर्ने, यसका लागि संघका अध्यक्ष कुमार पन्तले पहल गर्ने

६. कोरोना सम्बन्धित संघको हेल्थ कमिटीले विभिन्न सूचना र थप जानकारी गर्दै गरेको छ । अब पनि आफ्ना कुनै जिज्ञासा भए उहाँहरुलाई सम्पर्क गर्न जानकारी गराउने

७. क्षेत्र र सम्पूर्ण राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले गरेका कोभिड १९ सम्बन्धि गतिबिधि मात्र होइन अन्य गतिबिधि पनि संचार तथा प्रकाशन समितिलाइ पठाउन यस अघि नै निर्देशन र इमेल गरिएको छ । उपरान्त सबै एनसीसी र क्षेत्रीय स्तरका सबै गतिबिधि पठाउन अझै स्मरण गराउने

८. बैठकले सम्पूर्ण एनसीसी, क्षेत्रीय संयोजक (आरसी), सम्पूर्ण एनआरएन र विदेश स्थित रहेका नेपालीहरु, संघसंस्थाहरुको सहयोगको लागि हार्दिक धन्यवाद ज्ञापन गर्ने

प्रतिक्रिया दिनुहोस्
MBL