Logo

नेपालमा १५२९ जनाको कोरोना परीक्षण, २४ जनामा कोरोना संक्रमणको आशंका

नेपालमा १५२९ जनाको कोरोना परीक्षण, २४ जनामा कोरोना संक्रमणको आशंका



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस ‘कोभिड १९’ को आशंकामा हालसम्म १५ सय २९ वटा जाँच गरेको छ । आईतबार मन्त्रालयले दैनिक गर्ने पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उक्त जाँच गरिएको बताएका हुन ।
पत्रकार सम्मेलनमा बोल्दै उनले काठमाडौंमा १२ जना र काठमाडौंबाहिर १ सय १ जना आईसोलेसनमा समेत राखिएका छन् ।

laxmi

यस्तै खरिपाटीमा रहेका ९४ जनाको टेष्ट रिपोर्ट नेगेटिभ आएको र अन्य २४ जनालाई भने कोरोनाको आशंकामा रेड जोनमा राखिएको उनले जानकरी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL