Logo

के हो कोरोना भाईरस ? यसरी जोगिन सकिन्छ कोरोनाको संक्रमणबाट

के हो कोरोना भाईरस ? यसरी जोगिन सकिन्छ कोरोनाको संक्रमणबाट



काठमाडौं । पछिल्लो साढे ३ महिनादेखि विश्व कोरोना भाईरसका कारण त्रासमय छ । हालसम्म यसकै कारण ५९ हजार १ सय ९७ जनाले ज्यान गुमाईसकेका छन् भने विश्वभरीका ११ लाख १७ हजार जना यसका संक्रमित पुगेका छन् ।

चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट गत डिसेम्बर ३१ गते देखिएको उक्त भाईरसका कारण विश्वको अर्थतन्त्र ५ बर्ष पछि धकेलिएको छ । हालसम्म २०५ ओटा देशमा फैलिएको उक्त भाईरसको महामारी नेपालमा पनि प्रवेश गरिसकेको छ । नेपालमा छिटफुट देखिएको उक्त भाईरसको संक्रमण अझै फैलन नदिन सरकारले पछिल्लो २ हप्ता अघिदेखि लकडाउनको घोषणा गरेको छ ।

नागरिकहरुलाई अत्वावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन अनुरोध गरिएको छ । विश्वका ठुला र शक्तिशाली देशहरु समेत थरथर भएको उक्त भाईरसको विगविगी विश्वमा कहिलेसम्मका लागि हो यसै भन्न सकिने अवस्था छैन । तर कतिपयलाई अझै थाहा छैन कोरोना भाईरस भनेको के हो भनेर ।

के हो कोरोना भाईरस ?

कोरोना एक भाईरस हो । अहिले विश्वभर आतंक फैलाईएको नयाँ भाईरस कोरोना भाईरस हो यसले मानव शरिरमा कोभिड १९ नामक रोग पैदा गर्दछ । यसको संक्रमण भएमा अधिकांस मानिसलाई मध्यम खालको लक्षण देखा पर्दछ तर यसले मानिसको ज्यानै लिन सक्ने जोखिम रहन्छ । यसको संक्रमण नाकमार्फत घाटिको तल्लो भागसम्म हुन्छ ।

यसको संक्रमणपश्चात मानिसलाई ज्वरो आउने, सुक्खा खोकी लाग्ने हुँदै फोक्सोमा समेत असर पार्न सक्छ । त्यस पनि मानिसलाई श्वास फेर्न गाह्रो भई निमोनिय हुनसक्ने सम्भावना रहन्छ । यी भाईरसका कारण मानव शरिरले प्रतिरक्षा प्रणालीले काम गर्न छोडेपछि मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले हामीले यसबाट बच्न सक्दो प्रयार गर्नुपर्ने जरुरी देखिन्छ ।

कसरी बच्ने यसबाट ?

विश्व नै आतंकित बनेको उक्त भाईरसबाट बच्न हामी आफै सुरक्षित र सचेत हुन जरुरी छ । चिकित्सकहरुले विरामीहरुलाई यसबाट बच्न विभिन्न उपायहरु अपनाउन आग्रह गरिरहेका हुन्छन । तर हामी आफै यसको संक्रमण हुनबाट बच्न निम्न कुराहरु अपनाउन जरुरी छ ।

· साबुन पानिले कम्तिमा २० सेकेन्डसम्म हात धुने र सेनिटाईजर प्रयोग गर्ने

· अस्वस्थ मानिसको नजिक नजाने

· सकेसम्म सामान्य मानिसबाट पनि कम्तिमा १ मिटरको दुरी कायम राख्ने

· खोक्दा न्यापकिन पेपर प्रयोग गर्ने

· हातले बेलाबेलामा मुखमा नछुने

यस्तै आफुलाई संक्रमण भएको महशुस भएको खण्डमा भने नेपाल सरकारले उपलब्ध गराएका निम्न हटलाईन नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

नेपालमा कोभिड १९ हटलाइन नम्बर यी हुन ः

१११५, ११३३(बिहान ६ बजेदेखि साँझ १० बजेसम्म)

९८५१२५५८३४, ९८५१२५५८३७, ९८५१२५५८३९(बिहान ८ बजेदेखि राति ८ बजेसम्म)

प्रतिक्रिया दिनुहोस्
MBL