Logo

ईसेवाको दाबी, समाचार हटाइएको अनलाईन पोर्टल र ईसेवाबीच कुनै सम्बन्ध छैन

ईसेवाको दाबी, समाचार हटाइएको अनलाईन पोर्टल र ईसेवाबीच कुनै सम्बन्ध छैन



काठमाडौं । डिजिटल अनलाईन भुक्तानी ईसेवाले समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको दाबी गरेको छ । ईसेवाले शुक्रबार विज्ञप्ती जारी गर्दै उक्त समाचार पोर्टलको समाचार हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध खेद प्रकट गरेको छ ।

laxmi

ईसेवाले विभिन्न अनलाइनमा श्रृङ्खलाबद्ध रुपमा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुश्प्रचारका पछि नलाग्नसमेत ग्राहकलाई आग्रह गरेको छ । ‘समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा इसेवा माथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित छैन’, विज्ञप्तीमा भनिएको छ ।

‘इसेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिवद्ध छौँ । कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्तहरु वेवसाइटमा उल्लेख गरेका छौँ र यसको अक्षरसः पालना गरेका छौँ ,’ विज्ञप्तीमा उल्लेख छ ।

‘लकडाउनको यस विषम परिस्थितीमा पनि ग्राहकहरुलाई अनवरत सेवा दिनका लागि हाम्रा कर्मचारीहरु ‘वर्क फर्म होम’ अन्तरगत २४ सै घण्टा तपाईको सेवामा कटिबद्ध छन् । मुलुकको यस विषम परिस्थितीमा नगदरहित भुक्तानी लगायतका सेवाहरु अझ प्रभावकारी र अपरिहार्य भएको र यसको हामी भरपर्दो सारथी भएको महशुस गरेको,’ ईसेवाले जानकारी दिएको छ ।

‘विभिन्न अनलाइनमा श्रृङ्खलाबद्ध रुपमा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुश्प्रचारका पछि नलाग्न ग्राहक, एजेन्ट, सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुलाई हार्दिक अनुरोध गर्दछौँ । हामी नगदरहित नेपाल बनाउने अभियानमा किञ्चित पनि बिचलित छैनौ र नहुने जानकारी गराउँद छौं ‘, विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL