Logo

परिसंघले गर्याे सबै प्रदेशमा आर्थिक सहयोग, कोरोना रोकथाममा मद्धत

परिसंघले गर्याे सबै प्रदेशमा आर्थिक सहयोग, कोरोना रोकथाममा मद्धत



काठमाडौं । नेपाल उद्योग परिसंघ सरकारसंग सहकार्य गर्दै कोरोनाभाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न लागि परेको छ । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री लगायत अत्यावश्यकीय सामान उपल्ध गराउने कार्य गरिरहेको छ ।

आज एक कार्यक्रममा ुसुदूरपश्चिम उद्योग परिसंघूका संयोजक हेम विक्रम थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राहत सामग्री उपलब्ध गराए । त्यस्तै आजै प्रदेश नं १ उद्योग परिसंघका प्रदीप शारदाले मुख्यमन्त्री शेरधन राईलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् ।

दुवै स्थानमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक एक हजार थान प्यकेटहरु हस्तान्तरण गरिएको हो । आजै प्रदेश नं २ र काठमाण्डौ तथा ललितपुर महानगर तथा भक्तपुर नगरपालिकाहरुलाई समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको परिसंघले जनाएको छ । नेपालका सवै प्रदेशहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने परिसंघले जानकारी दिएको छ ।

यो रोगसंग जुध्न अग्रपंतिमा रहने चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्य कर्मिहरु, आपत्कालीन व्यवस्थामा खटीई रहेका हरेक व्यक्ति तथा संस्थाहरुको हौसला बढाई राख्न र संकट नटरेसम्म सवैलाई आत्मसंयम बनाई राख्न नेपालको निजी क्षेत्र तथा नेपाल उद्योग परिसंघ सवैमा आग्रह गरेको छ ।

यस्तो नाजुक अवस्थामा परिसंघ मानविय संकट आउन नदिन प्रतिवद्ध रहेको छ । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन सवैमा आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL