Logo

सुनचाँदी ब्यवसायी महासंघको सरकारलाई सहयोग, कोरोना कोषलाई १५ लाख दिने

सुनचाँदी ब्यवसायी महासंघको सरकारलाई सहयोग, कोरोना कोषलाई १५ लाख दिने



काठमाडौं । सुनचाँदी ब्यवसायी महासंघले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

महासंघले दैनिक मजदुरी गरेर जिवीकोपार्जन गर्ने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरि विभिन्न जिल्ला तथा नगर संघ एवं एशोसिएटस् सदस्यहरुमार्फत खाद्य सामाग्रीहरुसमेत वितरण गर्ने भएको छ ।

साथै आगामी दिनमा समेत महासंघले सरकारसँग हातमा हात मिलाउँदै आफ्नो तर्फवाट सकेको सहयोग गर्ने जानकारी दिएको छ । महासंघले विश्वमै कोरोना भाईरसका कारण आर्थिक तथा मानवीय क्षती भईरहेको अवस्थामा नेपालमा यसको असर कम गर्दै मानवीय संकट आउन नदिन संघीय, प्रादेसिक तथा स्थानीय सरकारसँग थप समन्वय तथा प्रभावकारीताको अपेक्षा गर्दै सरकारले जारी गरेका सम्पूर्ण निर्देशनहरु पालना गर्न सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL