Logo

कोरोना संक्रमित २ जनाको दोस्रो रिर्पोट पोजेटिभ, साढे ४ बजे मन्त्रालयले जानकारी दिने

कोरोना संक्रमित २ जनाको दोस्रो रिर्पोट पोजेटिभ, साढे ४ बजे मन्त्रालयले जानकारी दिने



काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको दोस्रो रिपोर्ट समेत ‘पोजेटिभ’ आएको छ ।

laxmi

अस्पतालका अनुसार १९ वर्षीय युवती र धादिङका ३४ वर्षीय युवकको दोसो पटक परीक्षणको रिर्पोट पोजेटिभ आएको हो । उनीहरुको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

उक्त पोजेटिभ रिपोर्टबारे मन्त्रालयले दिउँसो साढे ४ बजेको पत्रकार सम्मेलनमा जानकारी दिने टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकरी दिएका छन । बुधबार रिपोर्ट पोजेटिभ आएसँगै अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने अस्पतालले जानकारी दिएको छ । १९ बर्षिय युवती गत ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी थिईन भने ६ चैतमा यूएईबाट आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL