Logo

मेडिकल सामग्री खरिदमा भएको भ्रष्टाचारबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

मेडिकल सामग्री खरिदमा भएको भ्रष्टाचारबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै



काठमाडौं । कोभिड(१९ रोकथाम तथा नियन्त्रणको लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उक्त समितिको बैठकमा लकडाउनको प्रभावकारी कार्यान्वयन, आपूर्ति सहजतालगायतका विषयमा छलफल हुने भएको छ ।

यसका साथै, चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार भएको दाबीसहित मिडियामा समाचार आएपछि हिजो स्वास्थ्य सेवा विभागले खरिद सम्झौता नै रद्द गरेपछि उत्पन्न परिस्थितिबारे पनि छलफल हुने बताइएको छ ।

मेडिकल सामग्री खरिदमा अनियमितता भएको समाचार आएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि हिजो छलफल भएको थियो ।

कतिपय मिडियाले त प्रधानमन्त्री ओलीको ठाडो आदेशमा नै उक्त सम्झौता रद्द भएको भनेर समेत समाचार लेखेका छन् । सम्झौता रद्दसँगै मेडिकल सामग्री ल्याउन ओम्नीको ५ करोड धरौटी नै जफत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL