Logo

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी, बजार दर भन्दा चार गुणासम्म महँगोमा मेडिकल सामाग्री खरिद गरेको आरोप

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी, बजार दर भन्दा चार गुणासम्म महँगोमा मेडिकल सामाग्री खरिद गरेको आरोप



काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियारमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल विरुद्ध उजुरी दिएका हुन् ।

laxmi

विवेकशीलले बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरेको, मिडिया अनि आम नागरिकले प्रश्न उठिरहँदा पनि स्वास्थ्यमन्त्री अनि प्रधानमन्त्रीबाट जवाफ दिन नपर्ने भन्ने अभिव्यक्ति आउँदा थप शङ्का उब्जिएको भन्दै उजुरी दिएको उल्लेख गरेको छ । उजुरीमा विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्यापिड टेस्टिङ किट सात करोडभन्दा बढीको लागतमा किनेको भन्दै छानबिन गर्न आग्रह गरिएको छ ।

उजुरीमा तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको, बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको, खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको, मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको, वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको, विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL